कर विधेयक रोक्न सफल

केन्याको जेनजी आन्दोलनबाट नेपालका जेनजीले सिक्न सक्ने ५ कुरा

केन्याको जेनजी आन्दोलनबाट नेपालका जेनजीले सिक्न सक्ने ५ कुरा

ट्याक्स खबर
सोमवार, भाद्र २३ २०८२
ट्याक्स खबर
सोमवार, भाद्र २३ २०८२
  • images

    काठमाडौं । हालै केन्याको राजधानी नैरोबीमा भएको जेन-जी (Gen-Z) आन्दोलनले विश्वभरका युवालाई नयाँ ऊर्जा दिएको छ। खासगरी नेपालका जेन-जी पुस्ताले पनि यस आन्दोलनबाट धेरै सिक्न सक्ने देखिएको विज्ञहरु बताउँछन्। Finance Bill 2024 का कर प्रावधानहरूको विरोधमा सुरु भएको यो आन्दोलनले केन्यामा वित्त विधेयक फिर्ता गराउन मात्र सफल भएन, सरकारलाई समेत मन्त्रीपरिषद् पुनर्गठन गर्न बाध्य बनायो।

    केन्याको Gen-Z आन्दोलनका उपलब्धि

    • कर विधेयक रोक्न सफल – Finance Bill 2024 का कर प्रावधानहरू खारेज।

    • मन्त्रीपरिषद् हल्लियो – धेरै मन्त्री पदबाट हटाइए।

    • डिजिटल शक्ति प्रयोग – Digital Resistance मार्फत एआई, क्राउडफन्डिङ र सामाजिक सञ्जालको प्रभावकारी उपयोग।

    • राष्ट्रिय सम्मान – जेन-जी पुस्तालाई ‘हिरो’ को रूपमा मान्यता।

    • कला र संस्कृति प्रमुख पहिचान – गीत,कविता आन्दोलनको प्रतीक बने।

    • नागरिक चेतना बढ्यो – युवामा भोट हाल्ने इच्छाशक्ति र जिम्मेवारीबोध बढ्यो।

    •  आन्दोलन  विदेशसम्म प्रेरणाको स्रोत बन्यो।

    नेपालका  Gen-Z ले सिक्न सक्ने ५ कुरा

    १. पार्टीलाई एजेन्डा हाइज्याक गर्न नदिने

    २. डिजिटल प्लेटफर्मलाई हतियार बनाउने , भ्रामक समाचारलाई तुरुन्तै प्रतिवाद गर्ने।

    ३. मुद्दामा केन्द्रित हुने – ‘व्यक्ति होइन, न्यायका लागि लडाइँ’ भन्ने भावनाले आन्दोलनलाई जनसमर्थन बढाउँन सक्छ ।

    ४. सृजनात्मक र शान्तिपूर्ण दबाब – गीत, संगीत, नृत्य र कलात्मक गतिविधिबाट आन्दोलनलाई जनअनुकूल बनाउने।

    ५. देशभरका युवालाई जोड्ने – काठमाडौं मात्र होइन, सबै प्रदेशबाट युवाको सहभागिता सुनिश्चित गर्ने ।

    केन्याको जेन-जी आन्दोलनले देखाएको जस्तो एकताबद्ध, सिर्जनशील र डिजिटल रूपमा सशक्त आन्दोलन नेपालमा पनि सम्भव छ। युवाले पार्टीभन्दा मुद्दा र नेताभन्दा न्यायलाई प्राथमिकता दिए परिवर्तनको शक्ति अझ प्रभावकारी बन्न सक्ने विज्ञहरुको तर्क छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend