काठमाडौं। नेपाली सेनाले आफूलाई लिएर फैलिरहेका असत्य र भ्रामक सूचनामा विश्वास नगर्न नागरिकलाई आग्रह गरेको छ।
जङ्गी अड्डा अन्तर्गतको जनसम्पर्क निर्देशनालयले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई जोडेर विभिन्न टिप्पणी, विश्लेषण र धारणा सार्वजनिक भइरहे पनि सेनाले आफ्ना गतिविधि र आधिकारिक भनाइहरू नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपाली सेनासम्बन्धी गलत वा भ्रामक समाचारमा विश्वास नगर्न सबैमा अनुरोध गर्दछौं।”
यसबाहेक सेनाले सूचना आदान–प्रदान तथा आधिकारिक जानकारीका लागि जनसम्पर्क निर्देशनालयसँगै देशभरका पृतना मुख्यालयहरूसँग समन्वय गर्न सकिने जनाएको छ।


