जेनजी आन्दाेलनमा कृषी मन्त्रालयका ११५ सवारीसाधनमा क्षति

जेनजी आन्दाेलनमा कृषी मन्त्रालयका ११५ सवारीसाधनमा क्षति

ट्याक्स खबर
बुधवार, आश्विन १ २०८२
ट्याक्स खबर
बुधवार, आश्विन १ २०८२
  • images

    काठमाडौं। गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलनमा कृषी तथा पशुपन्छी विकास मन्त्रालयका ११५ वटा सवारीसाधनमा क्षति पुगेको विवरण आएकाे छ। प्रर्दशनमा कृषि मन्त्रालयका चारपांग्रे र दुईपांग्रे सवारीसाधनहरुमा आगजनी, तोडफोड र चोरी भएको हो।

    कृषि मन्त्रालयका अनुसार २५ वटा चारपांग्रे सवारीसाधन ध्वस्त तथा तोडफोड भएका छन्। तीमध्ये ९ चारपांग्रे सवारीसाधन जलेर ध्वस्त भएका छन् भने १६ वटा चारपांग्रे सवारीसाधनमा तोडफोड भएको छ। 

    यस्तै, ८० वटा दुईपांग्रे सवारीसाधन जलेर ध्वस्त, तोडफोड तथा चोरी भएका छन्। सोमध्ये ३९ मोटरसाइकल जलेर ध्वस्त भएका छन्। १० वटा स्कुटर पूर्णरुपमा क्षति भएको मन्त्रालयले जनाएको छ।  मोटरसाइकल तथा स्कुटर ३२ सामान्य क्षति भएको छ। यस्तै, मन्त्रालयबाट ९ वटा मोटरसाइकल चोरी भएको छ। मन्त्रालयका अनुसार २ वटा ल्यापटपसमेत चोरी भएको छ।

    मन्त्रालयका महत्वपूर्ण कागजात भने सुरक्षित रहेको मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ कृषि अर्थ विज्ञ महानन्द जोशीले बताएका छन्। जेनजी प्रर्दशनले कृषि मन्त्रालयका मात्रै नभई दर्जनौँ सरकारी कार्यलयका सवारीसाधन तथा भौतिक संरचनामा ध्वस्त हुनुका साथै तोडफोड तथा चोरी भएका छन्। यसले राज्यलाई आर्थिक भार थपिने देखिएको छ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend