गृहमन्त्रीलाई जेन-जीकाे ज्ञापनपत्र : सरकारमा जेन-जीकाे ५० प्रतिशत प्रतिनिधित्व अनिवार्य

गृहमन्त्रीलाई जेन-जीकाे ज्ञापनपत्र : सरकारमा जेन-जीकाे ५० प्रतिशत प्रतिनिधित्व अनिवार्य

ट्याक्स खबर
बिहिवार, आश्विन २ २०८२
ट्याक्स खबर
बिहिवार, आश्विन २ २०८२
  • images

    काठमाडौं। जेन-जी आन्दोलनको एउटा समूह जेनजी नेपालले सरकारमा जेन-जीकाे ५० प्रतिशत प्रतिनिधित्व अनिवार्य हुनुपर्ने माग गरेका छ।  आज गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै उक्त समुहले भन्सार, मालपोत कार्यालय र न्यायालयका प्रमुख पदहरूमा जेनजीकाे प्रतिनिधित्व हुनुपर्ने लगायतका विभिन्न मागहरू अघि सारेको हाे।

    जेन-जी नेपालकाे ज्ञापनपत्रमा देशका महत्वपूर्ण पदहरूमा जेनजी (Gen-Z) पुस्ताको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइएको छ। विशेषगरी भन्सार, जिल्ला मालपोत कार्यालय र न्यायालयका प्रमुख पदहरूमा जेनजीका प्रतिनिधि वा जेनजीले सिफारिस गरेको व्यक्ति नियुक्त गर्नुपर्ने माग गरिएको छ।

    स्थानीय शासनमा निर्णय प्रक्रियामा जेनजी पुस्तालाई प्रत्यक्ष सहभागिता दिलाउनुपर्ने र विकास योजनाहरूमा प्राथमिकताका साथ उनीहरूको सुझाव समावेश गर्नुपर्ने माग पनि गरिएको छ। जेनजी पुस्तालाई राज्यका संरचनामा औपचारिक रुपमा सहभागी गराएर नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न यी मागहरुमा सरकारको चासो र गम्भीरता आवश्यक रहेको जेन जी प्रतिनिधि दिवस भण्डारीले ट्याक्सखबरलाई बताए।

    ज्ञापनपत्र बुझ्दै गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका मागहरुप्रति सकारात्मक रहेकाे बताएका छन् ।  

    547663248_1260759982758946_8711286749106123615_n.jpg

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend