काठमाडौं। आन्तरिक राजस्व विभागले डेस्कटप र ल्यापटप आपूर्ति तथा वितरणका लागि बोलपत्र आह्वान गरेको छ । विभागले आज एक सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको हो।
विभागले "डेस्कटप र ल्यापटपको आपूर्ति र डेलिभरी" का लागि एकल चरण दुई खाम (Single Stage Two Envelope) प्रक्रियामार्फत इलेक्ट्रोनिक बोलपत्रहरू आह्वान गरेको छ। बोलपत्रदाताले कम्तिमा रु. २,५०,०००.०० (दुई लाख पचास हजार) को धरौटी (Bid Security) पेश गर्नुपर्नेछ। विभागले प्रि-बिड बैठक (Pre-bid Meeting) आउँदो कार्तिक १७ गते, दिउँसो १:०० बजे हुने जनाएको छ।
यस्तै, बोलपत्र बुझाउने अन्तिम मिति कार्तिक २७ गते दिउँसो १२:०० बजेभित्र तोकिएको छ। इच्छुक तथा योग्य बोलपत्रदाताहरूले बोलपत्र सम्बन्धी थप जानकारी तथा कागजातहरू विभागको कार्यालय, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गरेर वा सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणाली www.bolpatra.gov.np/egp मार्फत हेर्न र डाउनलोड गर्न सक्नेछन् ।


