विकास बैंकहरूको नाफा ४५ प्रतिशतले घट्यो, लुम्बिनी बैंक घाटामा, सांग्रिलाको वृद्धिदर उच्च

विकास बैंकहरूको नाफा ४५ प्रतिशतले घट्यो, लुम्बिनी बैंक घाटामा, सांग्रिलाको वृद्धिदर उच्च

ट्याक्स खबर
शुक्रवार, कार्तिक २१ २०८२
ट्याक्स खबर
शुक्रवार, कार्तिक २१ २०८२
  • images

    काठमाडौं। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा विकास बैंकहरूको नाफा उल्लेखनीय रूपमा घटेको देखिएको छ। प्रकाशित पछिल्लो वित्तीय विवरणअनुसार  बैंकहरूको नाफा गत वर्षको सोही अवधिको तुलनामा ४५.२० प्रतिशतले घटेको।

    आठ विकास बैंक मध्ये चारवटा बैंकको नाफा घटेको, तीनवटाको नाफा सुधार भएको देखिन्छ। लुम्बिनी विकास बैंक भने घाटामा पुगेको छ।

    गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा सातओटै विकास बैंकहरूले संयुक्त रूपमा १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएका थिए। तर, यस वर्षको सोही अवधिमा नाफा घट्दै ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ।

    सबैभन्दा बढी नाफामा गरिमा, लुम्बिनी घाटामा

    सात बैंकमध्ये गरिमा विकास बैंकले सबैभन्दा बढी नाफा आर्जन गर्दै अग्रस्थान कायम गरेको छ। बैंकको नाफा ११ प्रतिशतले बढ्दै तीन महिनामा २५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

    त्यसपछि मुक्तिनाथ विकास बैंकको नाफा २०.२४ प्रतिशतले घट्दै २२ करोड ४७ लाख रुपैयाँमा, र शाइन रेसुङ्गा बैंकको नाफा १५.१७ प्रतिशतले घट्दै २० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ।

    अर्कोतर्फ, कामना सेवा र महालक्ष्मी विकास बैंकको नाफा क्रमशः १२.९२ प्रतिशत र ३.४२ प्रतिशतले वृद्धि भएको छ।

    सांग्रिला बैंकको उच्चतम वृद्धि

    यस अवधिमा सबैभन्दा उल्लेखनीय नाफा वृद्धि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको छ। बैंकले गत वर्षको तुलनामा नाफा ४६.५८ प्रतिशतले बढाउँदै ८ करोड ८२ लाख रुपैयाँ कमाएको हो।

    तर, ज्योति विकास बैंकको नाफा भने ५३ प्रतिशतले घट्दै ७ करोड रुपैयाँमा सीमित भएको छ।

    सबैभन्दा कमजोर प्रदर्शन भने लुम्बिनी विकास बैंकको रहेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३४ करोड ८५ लाख रुपैयाँ घाटा बेहोरेको छ।

    विकास बैंकहरूको पहिलो त्रैमासिक नाफा स्थिति (२०८२/०८३)  
             

    क्रम

    बैंकको नाम चालु वर्षको नाफा (रु) गत वर्षको नाफा (रु) नाफा वृद्धि/(%)
    १ गरिमा विकास बैंक २५ करोड ५ लाख ७५ हजार २२ करोड ५६ लाख (झण्डै) ११.००%
    २ मुक्तिनाथ विकास बैंक २२ करोड ४७ लाख ७४ हजार २८ करोड १६ लाख (झण्डै) –२०.२४%
    ३ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक २० करोड ३० लाख २३ करोड ९३ लाख –१५.१७%
    ४ कामना सेवा विकास बैंक १९ करोड ७५ लाख १७ करोड ४८ लाख (झण्डै) १२.९२%
    ५ महालक्ष्मी विकास बैंक ९ करोड ७५ लाख ९ करोड ४३ लाख (झण्डै) ३.४२%
    ६ सांग्रिला डेभलपमेन्ट बैंक ८ करोड ८२ लाख ६ करोड (झण्डै) ४६.५८%
    ७ ज्योति विकास बैंक ७ करोड ३ लाख १४ करोड ९० लाख (झण्डै) –५३%
    ८ लुम्बिनी विकास बैंक –३४ करोड ८५ लाख (घाटा) नाफा (गत वर्ष) –

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend