रास्वपाका सभापति रविको भारततर्फ यात्रा : कुटनीतिसँगै व्यापारमा त्ररंग

रास्वपाका सभापति रविको भारततर्फ यात्रा : कुटनीतिसँगै व्यापारमा त्ररंग

सोमवार, जेठ १८ २०८३
सोमवार, जेठ १८ २०८३
  • images

    भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा लागेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज सोमबार दिउँसो काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    भारत भ्रमण टोलीमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि सहयात्रा गरेका छन् ।

    रास्वपाले हिजो आइतबार राति जारी गरेको विज्ञप्ति अनुसार रविले आज जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गरेका हुन् ।

    सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने जानकारी रास्वपा प्रवक्ता मनीष झाले दिएका छन्। 

    साथै रविले भाजपाका शीर्ष नेतासँग छलफल गर्नेछन् भने भारतमा बसोबास गरिरहेका नेपाली र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट पनि गर्नेछन्। 

    यसबिच रवि व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ।

    यसैबिच भाजपाले पनि आइतबारै विज्ञप्ति जारी गरी रविको भारत भ्रमणबारे जानकारी गराएको छ।

    जसमा रास्वपा प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्ने उल्लेख छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend