राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।
भारतको भ्रमणमा रहेका लामिछानेले आज बुधबार केहिबेरअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्।
लामिछानेसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले खुशी लागेको जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत मिलेर काम गर्ने लामिछानेको चाहनामा सहमति रहेको बताएका छन्।
मोदीले लेखेका छन्, ‘साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण सहमति छ।’


