जनताको काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई धुन्ने पूर्वाधारमन्त्रीको धम्की

जनताको काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई धुन्ने पूर्वाधारमन्त्रीको धम्की

सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • images

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय तहका प्रमुखसम्मलाई कारबाही गर्ने चेतावनीसँगै धम्की दिएका छन् । हिजो आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूसँगको भेटमा उनले यस्तो चेतावनी दिएका हुन् ।

    ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई इन्फर्म गर्नुहोला, मेयरलाई नै कारबाही गर्छौँ हामी । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशको मन्त्रीलाई नि थुन्छौँ, चिन्तै लिनुपर्दैन,’ मन्त्री लम्सालले भने ।

    मन्त्री लम्सालले सरकारले काम गर्नेलाई संरक्षण गर्ने र जनताको हितविपरीत काम गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।

    उनले थपे, ‘काम चाहिँ गर्नु पर्‍यो, काम चाहिँ गराउनु पर्‍यो । विकास त हुनु पर्‍यो नि १ अनि त्यो एटिट्युडमा हजुरहरुले चाही काम गर्नु पर्‍यो ।’

    तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने मन्त्री लम्सालको भनाइ थियो । जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पुर्‍याउन आग्रह गर्दै उनले सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताए ।

    मन्त्री लम्सालले तनहुँका लागि ४ अर्बको बजेटको सीमामा रहेर सडक र पुलको योजना ल्याउन आग्रह गरे ।

    छलफलका क्रममा रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाको विकास, निर्माणका विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराएका थिए ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend