प्रधानमन्त्री राहत कोषमा जम्मा रकममा मात्रै कर छुट

प्रधानमन्त्री राहत कोषमा जम्मा रकममा मात्रै कर छुट

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • images

    काठमाडौं । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने सहयोग रकमलाई कर छुटको दायरामा राख्ने व्यवस्था गरेको छ।

    प्राकृतिक विपद्का बेला राहत तथा उद्धारका लागि गरिएको सहयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

    कोषमा कानुनबमोजिम जम्मा गरिएको रकममा मात्रै सम्बन्धित कर छुटको सुविधा पाइनेछ। अन्य संस्था, व्यक्ति वा निजी खातामा गरिएको सहयोगलाई यही आधारमा कर छुट दाबी गर्न नमिल्ने व्यवस्था छ।

    सरकारले बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन निजी क्षेत्र र सर्वसाधारणलाई कोषमार्फत सहयोग गर्न आग्रह गर्दै आएको छ।

    कर छुटको सुविधाले राहत संकलनमा थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको प्रधानमन्त्री कार्यालयले ट्याक्सखबरलाई जानकारी दिएको हो ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend