ENSSURE-II का लागि १५ करोड ३० लाख बजेट फुकुवा

ENSSURE-II का लागि १५ करोड ३० लाख बजेट फुकुवा

मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • images

    काठमाडौं। सरकारले ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरण (ENSSURE-II)’ अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालनका लागि १५ करोड ३० लाख रुपैयाँ बजेट फुकुवा गरेको छ।

    महालेखा नियन्त्रक कार्यालयअन्तर्गतको कोष व्यवस्थापन तथा बजेट शाखाले स्विट्जरल्यान्ड सरकारको SDC को नगद अनुदानतर्फको रकमबाट बजेट फुकुवा गरेको हो।

    कार्यालयले वि.सं. २०८३ भदौ २२ गते निकासा फुकुवा सम्बन्धी पत्र जारी गर्दै परियोजनाअन्तर्गतका विभिन्न प्रदेश तथा स्थानीय तहमा सञ्चालन हुने कार्यक्रमका लागि रकम उपलब्ध गराएको जनाएको छ। फुकुवा गरिएको रकमबाट विभिन्न स्थानीय तहमा सीप विकास, प्राविधिक तथा व्यावसायिक तालिम र रोजगारीसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिनेछ।

    पत्रअनुसार कोशी, मधेश, बागमती, गण्डकीलगायत विभिन्न प्रदेशका स्थानीय तहलाई कार्यक्रमका आधारमा छुट्टाछुट्टै रकम विनियोजन गरिएको छ। सरकारले ENSSURE-II मार्फत सीप विकासलाई रोजगारीसँग जोड्दै युवालाई व्यावसायिक तथा प्राविधिक क्षेत्रमा दक्ष बनाउने उद्देश्य राखेको छ।

    स्विट्जरल्यान्ड सरकारको सहयोगमा सञ्चालन भइरहेको परियोजनाका लागि बजेट फुकुवा भएसँगै सम्बन्धित स्थानीय तहमा सीप विकास तथा रोजगारीमुखी कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend