स्याकर ट्रेडिङ कम्पनीलाई ३ लाख जरिवाना, ३७ फर्ममाथि विभागको अनुगमन

स्याकर ट्रेडिङ कम्पनीलाई ३ लाख जरिवाना, ३७ फर्ममाथि विभागको अनुगमन

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम २०८३ असोज २ गते बिहीबार विभिन्न उद्योग तथा फर्मको अनुगमन

शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • images

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा फर्ममा गरेको अनुगमनका क्रममा स्याकर ट्रेडिङ कम्पनी प्रा.लि.लाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम २०८३ असोज २ गते बिहीबार विभिन्न उद्योग तथा फर्मको अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा कुल ३७ वटा उद्योग तथा फर्ममा कारबाही तथा निर्देशन गरिएको विभागको प्रेस विज्ञप्तिमा उल्लेख छ।

    जरिवाना गरिएका फर्ममध्ये स्याकर ट्रेडिङ कम्पनीलाई सबैभन्दा बढी ३ लाख रुपैयाँ जरिवाना गरिएको हो। त्यस्तै सफ्ट प्रिन्ट ट्रेडिङ प्रा.लि.लाई २० हजार रुपैयाँ, एन टी एम क्रिएसन र जय सुमन जनशक्ति सेवा कम्पनी प्रा.लि.लाई जनही १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

    यसैगरी अनु कलेक्सन, प्रशिक्षण खाद्य भण्डार र जय श्री पशुपति ट्रेडर्सलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। यी ७ वटा फर्मबाट कुल ३ लाख ५५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ। अनुगमन गरिएका अन्य ३० वटा फर्मलाई भने सामान्य निर्देशन दिइएको छ। विभागले व्यवसाय सञ्चालन गर्दा उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुन तथा मापदण्ड पालना गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend