काठमाडौं। विदेश जाने तयारीमा रहेका ग्लोबल आइएमई बैंकका ग्राहकले अब अमेरिकी डलर साट्न निश्चित शाखा खोज्दै हिँड्नुपर्ने भएको छैन। बैंकले काठमाडौं उपत्यकाभित्र रहेका आफ्ना सबै शाखाबाट अमेरिकी डलर सटही सुविधा उपलब्ध गराएको छ।
विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने सेवाग्राहीलाई विदेशी मुद्रा लिन सहज होस् भन्ने उद्देश्यले उपत्यकाका सबै शाखामार्फत सेवा विस्तार गरिएको बैंकले जनाएको छ।
डलर सटही गर्न सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट र राहदानी लिएर आफूलाई पायक पर्ने ग्लोबल आइएमई बैंकको जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमाभित्र बैंकले अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराउने जनाएको छ।
यसअघि सीमित मुख्य शाखाबाट मात्रै नगद विदेशी मुद्रा सटही गर्नुपर्ने अवस्था रहेकामा अब उपत्यकाका सबै शाखाबाटै सेवा लिन सकिने भएपछि सेवाग्राहीलाई शाखा खोज्ने र लामो दूरी तय गर्ने झन्झट कम हुने बैंकको अपेक्षा छ।
विदेश भ्रमणको तयारी गरिरहेका ग्राहकलाई लक्षित गर्दै सेवा विस्तार गरिएको बैंकले जनाएको छ। डलर सटही तथा सेवासम्बन्धी थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र ग्लोबल कनेक्ट मा ०१-५९७०६०० वा [globalconnect@gibl.com.np](mailto:globalconnect@gibl.com.np) मार्फत सम्पर्क गर्न सकिनेछ।


