काठमाडौं । आज सुनको मूल्यले कीर्तिमान बनाएको छ । सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि यही साउन २० गते सुनको मूल्य एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो । हिजो सुको मूल्य तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको दुई हजार तीन सय १५ रुपैयाँ रहेको थियो ।


