७०० रुपैयाँले घट्याे सुनको मूल्य

७०० रुपैयाँले घट्याे सुनको मूल्य

आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • images

    काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुन प्रतितोला ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

    महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend