चाँदी आयातमा अब ५ लाख डलरसम्मको सटही सुविधा

चाँदी आयातमा अब ५ लाख डलरसम्मको सटही सुविधा

सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • images

    काठमाडौं । । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्‍याएको जनाएको हो ।

    राष्ट्र बैंकले सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रत्येक पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।

    यसअघि ३ लाख डलरको सीमा रहेकामा अहिले २ लाख डलर बढाएर ५ लाख पुर्‍याइएको हो । तर, सुनचाँदी व्यवसायीले आयात गर्दा प्रतिपटक १ लाख डलर बराबरको सटही सुविधा पाउने व्यवस्था यथावत नै राखिएको छ ।

    अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । तर, चाँदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई देहायबमोजिम सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

    १. निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश ।

    २. बुँदा (१) को कागजातमा उल्लिखित मूल्यसम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि यस खण्डमा उल्लिखित चाँदी आयातमा भुक्तानीको सीमा लागू हुने छैन ।

    ३. सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक ्र पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भएरनभएको एकिन गर्नु पर्नेछ ।

    ४. सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लेन वक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनु पर्नेछ ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend