‘नाडा अटो शो’ मा दुई दिनमा ४८ हजार जनाद्वारा अवलोकन

‘नाडा अटो शो’ मा दुई दिनमा ४८ हजार जनाद्वारा अवलोकन

बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • images

    काठमाण्डौ। ‘नाडा अटो शो’ मा दुई दिनको अवधीमा झन्डै ४८ हजार जनाले अवलोकन गरेका छन् । भृकुटीमण्डपमा चलिरहेको शोमा पहिलो दिन १९ हजार सात सय र दोस्रो दिन हिजो २८ हजार नौ सय जनाले अवलोकन गरेको आयोजक नेपाल अटो मोबाइल एसोसिएसनले जनाएको छ । शो आउँदो आइतवारसम्म चल्नेछ ।

    नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भीआईपीहरुको उपस्थितिले आयोजकलाई हौसला प्रदान गरेको बताए । उनले यो वर्षको अटो शोमा आगन्तुकको उपस्थिति सोचेभन्दा राम्रो रहेको बताए ।

    उनले भने ‘अटो शोमा आकर्षक उड्ने कार र रोर्बड रहेको छन्। एउटै छानमुनी ब्याट्री, टायर, लुब्रिकेन्ट र विभिन्न कम्पनीका सवारीसाधनको स्टल, बैंक तथा वित्तीय संस्था, बिमाको समेत स्टल रहेको छ । ग्राहकलाई अटो शोले तानेको छ ।’

    शो मा विशेषगरी ‘उड्ने ट्याक्सी’ हेर्नेहरुको भीड देखिएको छ । शो अवधिभर एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । शो हरेक दिन बिहान साँढे १० बजे देखि साँझ ७ बजेसम्म सञ्चालन हुँदै आएको छ । 

    प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रेको ‘ब्राण्ड’, १३ हलुका गाडीका ब्राण्ड, चार वटा दुई पाङ्ग्रे गाडीका ब्राण्ड, पार्टपुर्जाका ३५ वटा कम्पनीले आ–आफ्ना उत्पादन राखेका छन् । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend