मेची भन्सारको राजस्व बढ्यो

मेची भन्सारको राजस्व बढ्यो

शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • images

    झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व संकलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७४ प्रतिशतले बढी हो । 

    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको साउनमा एक अर्ब १७ करोड ४० लाख ९१ हजार राजस्व संकलन भएको थियो । “मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात ४.९० प्रतिशत र निर्यात १४.६८ प्रतिशतले घटेको छ । आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट ६.८७ प्रतिशत र निर्यातमा ८०.१४ प्रतिशतले बढेको छ”, उनले भने । 

    काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पाटपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रसाधनलगायत आयात हुने गरेको छ । यहाँबाट चिया, अलैंची, अम्रिसो, अदुवालगायत उत्पादन निर्यात हुने गरेको छ । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend