गोंगबुको एक घरमा प्रहरीको छापा, झण्डै ४ करोड नगद र सुन बरामद

गोंगबुको एक घरमा प्रहरीको छापा, झण्डै ४ करोड नगद र सुन बरामद

एक जना पक्राउ

ट्याक्स खबर
मंगलवार, भाद्र १७ २०८२
ट्याक्स खबर
मंगलवार, भाद्र १७ २०८२
  • images

    काठमाडौं। गोंगबुस्थित एक घरबाट ठूलो परिणामको पैसा र सुन बरामद गरिएकाे छ। मंगलबार प्रहरीले घरमा छापा मारेसँगै झण्डै चार करोड नगद बरामद गरेको हो।

    उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार प्रहरी टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो। यस क्रममा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ। पक्राउ पर्नेमा गोरखाका विनोद श्रेष्ठ रहेका छन्।

    अहिले घटनास्थलमा काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारीसमेत पुगेका छन्। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend