झण्डै एक अर्ब कर तिरेका सामाजिक सञ्जालमाथि अपमान, विश्वबजारमा नेपालको 'इमेज खराब'

झण्डै एक अर्ब कर तिरेका सामाजिक सञ्जालमाथि अपमान, विश्वबजारमा नेपालको 'इमेज खराब'

ट्याक्स खबर
बिहिवार, भाद्र १९ २०८२
ट्याक्स खबर
बिहिवार, भाद्र १९ २०८२
  • images

    काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूबाट सरकारले ९३ करोड रुपैयाँ बराबर कर संकलन गरेको छ ।

    डिजिटल सर्भिस ट्याक्स र मूल्य अभिवृद्धि कर (भ्याट) बापत उक्त  रकम बराबर कर तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।


    आर्थिक वर्ष २०७९/८० देखि सामाजिक सञ्जालहरूबाट डिजिटल सर्भिस ट्याक्स उठाउन सुरु गरेको सरकारले पहिलो वर्ष उल्लेख्य कर संकलन गर्न नसकेपनि दोस्रो वर्ष भने ५० करोड रुपैयाँ कर संकलन भएको विभागको तथ्याङ्क छ । चालु आर्थिक वर्षसम्म भने कुल ९३ करोड रुपैयाँ राजस्व संकलन भइसकेको विभागको तथ्यांक छ ।

    गैरवासिन्दा व्यक्ति तथा कम्पनीले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाबापत कर तिर्नुपर्ने प्रावधान सरकारले आर्थिक विधेयक २०७९ मार्फत ल्याएको थियो ।

    पछिल्लो प्रावधान अनुसार सरकारले वार्षिक ३० लाखसम्मको कारोबारमा छुट दिएको छ । त्यसभन्दा बढीको कारोबारमा भने कर लाग्ने प्रावधान छ ।

    पछिल्लो तथ्यांक अनुसार विद्युतीय सेवा करमा झन्डै दुई दर्जन सामाजिक सञ्जाल दर्ता भइसकेका छन् । जसमा गुगल एसिया प्यासिफिक, मेटा प्ल्याटफर्म आयरल्यान्ड, गुगल आयरल्यान्ड, टिकटक प्रालि, नेटफ्लिक्स, माइक्रोसफ्ट, अमेजन, एप्पलजस्ता कम्पनीका क्षेत्रीय शाखा दर्ता भई नियमित कर तिर्न थालेका छन् । यस्ता कम्पनीले कारोबारको २ प्रतिशत कर तिर्नुपर्ने प्रावधान छ ।

    सरकारलाई नियमित कर तिर्दै आफ्नो व्यवसाय गर्दा गर्दै एकाएक सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले भने करदाता नै लज्जित बनेका छन् । उनीहरुले दर्ता हुन नचाहेको भनिसकेका छैनन् । विदेशस्थित मुख्यालयमा नेपाल सरकारले गरेको निर्णय पुगे नपुगेको एकिन छैन । सरकारले भने सामाजिक सञ्जाल कम्पनीहरुले नेपाल सरकारको निर्णय नहेर्ने भन्दै सञ्जालमै रोक लगाउन आदेश दिइसकेको छ ।

    सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले सोमालिया सरकारले गरेको निर्णय नेपाल सरकारले कति दिनमा थाहा पाउँछ ? भन्ने प्रश्न गर्दै बुहराष्ट्रिय कम्पनीको ब्राण्ड बनाइसकेका सामाजिक सञ्जाल कम्पनीका लागि नेपाल सरकारले गरेको निर्णय कहिले र कसरी पुग्छ भन्नेमै प्रश्न उठाएका छन् ।

    सामाजिक सञ्जालमा धेरै नेपालीले फेसबुक बन्द हुँदैछ भनेर पोस्ट गरेपछि भने मेटाले बल्ल यो कुरा थाहा पाएको छ । उसले नेपालमा कम्पनी दर्ता गर्ने प्रक्रियाबारे सोधखोज सुरु गरेको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend