सुनचाँदीको मूल्यमा उतारचढाव, सुन २ लाख ६० हजार आसपास

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन २ लाख ६० हजार आसपास

ट्याक्स खबर
आइतवार, पौष ६ २०८२
ट्याक्स खबर
आइतवार, पौष ६ २०८२
  • images

    काठमाडौँ, ६ पुसः पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उतारचढाव देखिएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ पुगेको थियो । तर आज सोही परिमाणको सुनको मूल्य घटेर दुई लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

    यसअघि गत मङ्गलबार सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७०० र बिहीबार दुई लाख ६० हजार ४०० रुपैयाँ पुगेको थियो ।

    चाँदीको मूल्यमा पनि उतारचढाव देखिएको छ । प्रतितोला तीन हजार ८८५ रुपैयाँ रहेको चाँदीको मूल्य बढ्दै बिहीबार चार हजार ८० रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदी प्रतितोला चार हजार १०५ रुपैयाँ कायम भएको छ ।

     
     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend