मिथिला लघुवित्तद्वारा लाभांश प्रस्ताव, कर कति ?

मिथिला लघुवित्तद्वारा लाभांश प्रस्ताव, कर कति ?

ट्याक्स खबर
आइतवार, पौष ६ २०८२
ट्याक्स खबर
आइतवार, पौष ६ २०८२
  • images

    काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ का लागि लाभांश प्रस्ताव गरेको छ । 

    पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २२ करोड ३९ लाख ३३ हजार रुपैयाँको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend