काठमाडौं। शिखर पावर डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बिहीबार कम्पनीलाई अनुमति प्रदान गरेको हो।
कम्पनीले आइपीओका लागि २१ महिनाअघि, २०८० चैत्र ३० गते आवेदन दिएको थियो। सेबोनको अनुमतिपछि कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्नेछ।
शेयर निष्कासन र बिक्रीको प्रबन्धक कम्पनी ग्लोबल आइएमई क्यापिटल रहेको छ।


