यातायात कार्यालयद्धारा नौ महिनामै करोडौं बढी राजस्व संकलन

यातायात कार्यालयद्धारा नौ महिनामै करोडौं बढी राजस्व संकलन

बिहिवार, बैशाख ३ २०८३
बिहिवार, बैशाख ३ २०८३
  • images

    यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ३० लाख १६ हजार २२ रुपैयाँ राजस्व संकलन गरेको छ।

    चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व संकलन भएको यातायात व्यवस्था कार्यालय नवलपरासीले जनाएको छ । 

    यातायात कार्यालय नवलपरासीद्धारा यो अवधिमा सवारीसाधन कर संकलनबापत १९ करोड २४ लाख २२ हजार २७० रुपैयाँ, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत तीन करोड ७४ लाख ९२ हजार २३४ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा २३ लाख २९ हजार ९९० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत सात लाख ७१ हजार ५२८ रुपैयाँ राजस्व संकलन भएको उल्लेख छ । 

    यातायात व्यवस्था कार्यालयले कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन चैत महिनामा विशेष अभियान नै सञ्चालन गरेको हो । यो अभियानअन्तर्गत ‘बिलबुक नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको थियो।

    सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताए। कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको यातायात कार्यालय नवलपरासीले जनाएको छ । 

    ‘सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ । नवलपरासीको यातायात कार्यालयमा कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

    गत आर्थिक वर्ष  २०८१-८२ को यही अवधिमा यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले २३ करोड ५४ लाख ३० हजार ९८० रुपैयाँ राजस्व संकलन गरेको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend