राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरुको लागि तोकिएको लेबीवापतको रकम परिमार्जन गरेको छ ।
यसअघि सचिवालयले मासिक १६ हजार पाँच सय तोकेकोमा केन्द्रीय समितिको बैठकले १५ सय घटाएर १५ हजार तोकेको हो ।
मन्त्रीहरुले भने सचिवालयको निर्णय बमोजिम नै मासिक १८ हजार बुझाउनेछन् । मन्त्रीहरुको स्वकीय सचिवको हकमा पनि दुई हजार नै कायम छ ।
यति सुविधा उपलब्ध गराएपनि गृहमन्त्री सुधन गुरुङको राजीनाको माग बजार सहित रास्वपाको बैठकमा पनि चलेको छ । यसको छानबिन सहित सरकार अघि बढ्ने भएको आत्तिन नपर्ने रास्वपाका सभापति रवी लामिछानेले उल्लेख गरेका छन् ।


