प्रशारण लाइनका पोल ढलेपछि कर्णाली अन्धकार

प्रशारण लाइनका पोल ढलेपछि कर्णाली अन्धकार

शनिवार, बैशाख २६ २०८३
शनिवार, बैशाख २६ २०८३
  • images

    कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनमा पोल ढले पछि कर्णालीका सबै जिल्लाहरुमा विद्युत प्रशारण बन्द भएको छ ।

    निर्माण सम्पन्न भई सञ्चालनमा आएको तीन महिना नबित्दै सुर्खेत–कोहलपुर १३२ कभी प्रशारण लाईनका दुई पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो ।

    नेपाल विद्युत् प्राधिकरण सुर्खेत कार्यालयका अनुसार प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानीमा २ वटा विद्युत् टावर ढलेका हुन् । केही दिन अगाडि चलेको हावाहुरीले रुख ढलेर विद्युत पोलमा परेका थिए शनिबार ति टावरहरु ढलेपछि विद्युत अवरुद्ध भएको छ । लामो समयको प्रतिक्षा पछि तीन महिना अघि मात्र १३२ केभी प्रशारण लाईन सञ्चालन भएको थियो ।

    निर्माण सम्पन्न भएको तीन महिनामै पोल ढल्नु संरचना निर्माणमा कमसल सामग्री प्रयोग भएको भन्दै आलोचना भईरहेको छ । सुर्खेतका व्यवसायी चिन्तामणी शर्माले निर्माण सम्पन्न भएको यति छोटो समयमा पोल ढल्नु कमसल सामग्री प्रयोग भएको सहजै अनुमान लगाउन सकिने भन्दै निर्माण कम्पनीलाई छानविन गरी कारवाही गर्न माग गरेका छन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend