रोजगारका लागि इन्जिनियरहरू- पुल्चोक क्याम्पसको  मेलामा सहभागि बनौं

रोजगारका लागि इन्जिनियरहरू- पुल्चोक क्याम्पसको  मेलामा सहभागि बनौं

मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • images

    इन्जिनियरहरूका लािग पुल्चोक क्याम्पसमा विभिन्न कम्पनीद्वारा रोजगारी अवसर, अन्तर्वार्ता र करियर परामर्श उपलब्ध हुने भएको छ ।

    इन्जिनियरिङ क्षेत्रमा अध्ययन पूरा गरेका तथा रोजगारीको खोजीमा रहेका युवालाई लक्षित गर्दै ललिलपुरमा SETU 2026: Building Bridges to Careers” आयोजना हुने भएको हो।

    इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा आयोजक सेतुका अनुसार जेठ २३ गतेदेखि हुने ३ दिने मेलामा निर्माण, सूचना प्रविधि, ऊर्जा, विमान, खाद्य, क्यामेस्ट्रि, मेकानिकल, सिभिल, अटोमोबाइल, दूरसञ्चार तथा जलविद्युत् क्षेत्रका विभिन्न कम्पनीहरूको सहभागिता रहनेछ।

    prasamsa.jpg

                                                        प्रशंसा सुवेदी

    मेलामा २३ र २४ गते इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरुलाई व्यक्तिगत विवरणबारे जानकारी, सरकारी सेवाका लागि अध्ययन अनुसार पद, अन्तरवार्ता दिने तरिकाबारे जानकारीका साथै रोजगारी क्षेत्र छनोटबारे वर्णन गरिने छ । 

    मेलामा सहभागी कम्पनीहरूले आवश्यक जनशक्ति छनोटका लागि प्रत्यक्ष अन्तर्वार्ता, सीभी संकलन तथा करियर परामर्श सेवा प्रदान गर्नेछन्। रोजगारदातासँग प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकका सदस्य दिवस घिमिरेले जानकारी दिए । 

    ३ दिने मेलाको अन्तिम दिन जेठ ३० गते रोजगारदाता र रोजगार खोज्ने युवाबीच पुलको काम गर्ने तथा दक्ष जनशक्तिलाई उपयुक्त अवसरसँग जोड्न सहयोग पुग्ने कार्य हुनेछ।

    नेपालमा पुल्चोक इन्जिनियरिड. कलेजका विद्यार्थीहरुलाई विभिन्न क्षेत्रका कम्पनीहरूको सहभागिता सहित रोजगार तथा करियर विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिएको पहिलो पटक हो ।

    मेलामा सहभागी हुन इच्छुक इन्जिनियरिङ र कर्मचारी खोज्ने कम्पनीहरुले कलेजमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

    कार्यक्रममा सयौं युवा इन्जिनियरहरूसँगै रोजगारी दिने कम्पनहिरुको सहभागिता रहने अपेक्षा गरिएको छ।

     

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend