भन्सार छलीको आशङ्कामा ७७४ ओटा विद्युतीय गाडी प्रहरी नियन्त्रणमा

भन्सार छलीको आशङ्कामा ७७४ ओटा विद्युतीय गाडी प्रहरी नियन्त्रणमा

बिहिवार, जेठ २१ २०८३
बिहिवार, जेठ २१ २०८३
  • images

    सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ ओटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।

    मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।

    गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए।

    यसैगरी, नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुई ओटा गाडी नियन्त्रणमा लिइएको छ।

     

     

    रासस

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend