कोशी प्रदेशको बजेट-छोरीलाई सक्षम

कोशी प्रदेशको बजेट-छोरीलाई सक्षम

सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • images

    कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ मा सक्षम छोरी कार्यक्रम चलाउने भएको छ ।

    सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गरी सरकारले सो कार्यक्रम घोषणा गरेका हो ।

    आज सोमबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले सक्षम छोरी कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरेका हुन् ।

    यो कार्यक्रमबाट २ लाख ७५ हजार छात्रा लाभान्वित हुने सरकारको अपेक्षा छ ।

    प्रदेश सरकारले १०० वडा सामुदायिक विद्यालयमा डिजिटल बोर्ड राख्नका लागि १० करोड बजेट विनियोजन गरेको छ ।

    शिक्षा र खेलकुदका लागि सरकारले ३ अर्ब १० करोड बजेट विनियोजन गरेको छ ।

     

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend