आज हामी चर्चा गर्दैछौं विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको आम्दानी, विश्वकपको अर्थतन्त्र र करको विषयमा।
४१ वर्षको उमेरमा पनि रोनाल्डो विश्वकै सबैभन्दा बढी कमाउने खेलाडीमध्ये छन्। फोर्ब्सका अनुसार सन् २०२५ मा उनको वार्षिक आम्दानी करिब २७५ मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा ३८ अर्ब रुपैयाँ पुगेको थियो।
विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीमध्ये एक हुन् ।
उनले आबद्ध क्लबले दिने नियमित तलबसँगै विज्ञापन तथा ब्रान्ड सम्झौता, होटलमा लगानी भएकाले नाफा, सामाजिक सञ्जाल प्रचार मार्फत प्राप्त गरेका हुन् । उनको आम्दानी विभिन्न देश र विभिन्न स्रोतबाट आउँछ। तलब, व्यवसाय, विज्ञापन र लगानीमा फरक–फरक कर व्यवस्था लागू हुन्छ।
धेरैलाई लाग्न सक्छ, रोनाल्डोले विश्वकप जितेपछि ५० मिलियन डलर आफैंले पाउँछन्। तर वास्तविकता फरक छ।
२०२६ विश्वकपको विजेता टोलीलाई फिफाले ५० मिलियन अमेरिकी डलर-६ अर्ब ८० करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
यो रकम खेलाडीलाई होइन, सम्बन्धित राष्ट्रिय फुटबल संघलाई दिइन्छ। त्यसपछि संघले आफ्नो नियमअनुसार खेलाडीलाई बोनस बाँड्छ । विश्वकपमा सहभागी प्रत्येक टोलीले न्यूनतम १०.५ मिलियन डलर पाउँछ ।
यदि पोर्चुगल विश्वकप जित्यो र खेलाडीहरूलाई पुरस्कार रकमको ३०–४०% बाँडियो भने रोनाल्डोले व्यक्तिगत रूपमा १५ लाख डलर बोनस पाउन पाउछन् ।
धेरै कमाउने रोनाल्डोले कति कर तिर्छन् ?
यसको ठ्याक्कै सार्वजनिक तथ्याङ्क उपलब्ध छैन। किनकि उनको आम्दानी विभिन्न देश र विभिन्न स्रोतबाट आउँछ।
तलब, व्यवसाय, विज्ञापन र लगानीमा फरक–फरक कर व्यवस्था लागू हुन्छ। तर एउटा कुरा स्पष्ट छ जति धेरै आम्दानी, त्यति धेरै कर दायित्व। विश्वका ठूला खेलाडीहरू खेलकुदका मात्र होइनन्, ठूला करदाता पनि हुन्।
क्रिस्टियानो रोनाल्डोको आयका प्रमुख स्रोत:
- अल–नासर क्लबको तलब
- विज्ञापन सम्झौता
- CR7 ब्रान्ड
- होटल तथा व्यवसायिक लगानी
- सामाजिक सञ्जालमार्फत प्रचार


