काठमाडौं। विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड बोशले नेपालमा पहिलो पटक आफ्नो समर्पित ‘बोश ब्रान्ड स्टोर’ सञ्चालनमा ल्याएको छ। बिएसएच होम अप्लायन्सेज प्रालि अन्तर्गतको यो स्टोर लक्ष्मी ग्रुप सँगको सहकार्यमा ललितपुरको जावलाखेलमा सञ्चालनमा आएको हो।
कम्पनीका अनुसार नयाँ स्टोरमार्फत नेपाली उपभोक्ताले जर्मन इन्जिनियरिङ र प्राविधिक उत्कृष्टताले युक्त प्रिमियम होम अप्लायन्सहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन्। स्टोरमा रेफ्रिजेरेसन, लन्ड्री, डिशवाशिङ, फुड प्रिपरेसन तथा बिल्टइन किचन समाधान अन्तर्गतका अत्याधुनिक उत्पादनहरू उपलब्ध गराइएको छ।
बिएसएच होम अप्लायन्सेज इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सैफ खानले नेपालमा प्रिमियम होम अप्लायन्स क्षेत्रको सम्भावना उच्च रहेको बताए। सहरीकरण, बढ्दो खर्चयोग्य आय र प्रविधिमैत्री जीवनशैलीप्रतिको आकर्षण का कारण नेपाली बजार प्रिमियम उपकरणका लागि उपयुक्त बन्दै गएको उनको भनाइ छ। उनका अनुसार नेपालमा पहिलो समर्पित बोश स्टोर सञ्चालन हुनु दक्षिण एसियामा कम्पनीको विस्तार यात्राको महत्वपूर्ण उपलब्धि हो।
पाँच दशकदेखि नेपाली बजारमा सक्रिय लक्ष्मी ग्रुप का अध्यक्ष गणेशबहादुर श्रेष्ठले पनि आधुनिक जीवनशैली र बदलिँदो उपभोक्ता अपेक्षालाई सम्बोधन गर्न बोशजस्तो विश्वसनीय अन्तर्राष्ट्रिय ब्रान्डसँगको सहकार्यलाई थप सुदृढ बनाउन पाउँदा खुसी लागेको बताए।
कम्पनीले नेपालमा विशेषगरी फ्रन्टलोड वाशिङ मेसिन, डिशवाशर र प्रिमियम बिल्ट(इन किचन समाधान मा केन्द्रित रणनीति अघि सारेको छ। बोशका अनुसार नेपालको लन्ड्री बजारमा फ्रन्ट(लोड वाशिङ मेसिनको हिस्सा ७० देखि ८० प्रतिशत सम्म पुगेको छ, जुन यस क्षेत्रकै उच्च हिस्सा हो। फ्रन्टलोड प्रविधिमा लामो अनुभव रहेको कम्पनीले टिकाउ, शक्तिशाली र कपडामैत्री मेसिनमार्फत आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्य लिएको छ।
त्यस्तै, बदलिँदो पारिवारिक संरचना, स्वच्छताप्रतिको बढ्दो चासो र विदेशबाट फर्किएका नेपाली उपभोक्ताको अनुभवका कारण डिशवाशर बजार पनि विस्तारोन्मुख रहेको कम्पनीको भनाइ छ। बोशले पानी, ऊर्जा र समय बचत गर्ने आफ्ना डिशवाशरमार्फत उपभोक्ता शिक्षा र बजार विस्तारलाई सँगसँगै अघि बढाउने रणनीति लिएको जनाएको छ।
मोड्युलर किचन र प्रिमियम आवासीय परियोजनाको ट्रेन्ड बढ्दै जाँदा कम्पनीले सेन्सर प्रविधियुक्त बिल्ट(इन ओभन, हब र हुड जस्ता प्रिमियम किचन समाधानलाई पनि प्राथमिकतामा राखेको छ।


