सीजी इलेक्ट्रोनिक्सको ‘क्यान यु सल्भ द पजल’ कन्टेस्टका विजेता घोषणा, नुवाकोटका श्यामले जिते एयर कुलर

सीजी इलेक्ट्रोनिक्सको ‘क्यान यु सल्भ द पजल’ कन्टेस्टका विजेता घोषणा, नुवाकोटका श्यामले जिते एयर कुलर

ट्याक्स खबर
बिहिवार, आषाढ ११ २०८३
ट्याक्स खबर
बिहिवार, आषाढ ११ २०८३
  • images

    काठमाडौं। नेपालको स्थापित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले सञ्चालन गरेको ‘क्यान यु सल्भ द पजल’नामक विशेष डिजिटल कन्टेस्टको विजेता घोषणा गरेको छ। ग्राहकसँगको अन्तर्क्रियालाई अझ प्रगाढ बनाउन र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सञ्चालित यस प्रतियोगितामा नुवाकोटका श्याम रिजाल विजेता बन्न सफल भएका छन्।

    विजेता रिजाललाई सानेपास्थित सीजी इलेक्ट्रोनिक्सको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सीजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले सीजी ब्रिजर २२ एयर कुलर हस्तान्तरण गरे। गर्मी मौसमका लागि उपयोगी र  यो उपकरण उपहार पाएपछि विजेता रिजालले खुसी व्यक्त गरे।

    कम्पनीका अनुसार यस प्रतियोगितामा ग्राहकको उत्साहजनक र व्यापक सहभागिता थियो। ग्राहकहरूबाट प्राप्त यो अपार सहभागिताले सीजी ब्रान्डप्रतिको माया र विश्वासलाई फेरि एकपटक प्रमाणित गरेको कम्पनीले जनाएको छ।

    उपहार हस्तान्तरण कार्यक्रममा ब्रान्डका प्रतिनिधिले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै उनीहरूसँग प्रत्यक्ष जोडिन र खुसी साट्न यस्तै रोमाञ्चक र आकर्षक प्रतियोगिताहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरे।

    विगत लामो समयदेखि नेपाली बजारमा गुणस्तरीय र भरपर्दो उपकरणहरू उपलब्ध गराउँदै आएको सीजीका उत्कृष्ट उत्पादन ग्राहकले देशभर रहेका २१ वटा आधुनिक सीजी डिजिटल शोरुमहरू मार्फत खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend