बजेट संघीय संसद्को दुवै सदनबाट पारित

बजेट संघीय संसद्को दुवै सदनबाट पारित

मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • images

    काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

    प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।

    राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले निर्णयार्थ पेश गरेका थिए ।

    उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

    यसअघि प्रतिनिधिसभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ ।

    यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको हो  ।

    बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ पनि पेश गरे ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend