विल-बीजक अनिवार्य लागु गर्न आन्तरिक राजश्व विभागको निर्देशन

विल-बीजक अनिवार्य लागु गर्न आन्तरिक राजश्व विभागको निर्देशन

आइतवार, आषाढ २८ २०८३
आइतवार, आषाढ २८ २०८३
  • images

    आन्तरिक राजश्व विभागले बिक्रेता र क्रेता सबैलाई खरिद तथा बिक्रि गरेका वस्तुको बिल अनिवार्य लिन र दिन निर्देशन दिएको छ । 

    विभागले सूचना जारी गर्दै करले नै राजश्व संकलन हुने भएकाले विल-बीजक लागु गर्नुपर्ने उल्लेख गरेको हो । 


    सूचनामा भनिएको छ-  "मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १७ बमोजिम कुनै वस्तु वा सेवाको आपूर्ति गर्दा बीजक जारी गर्नुपर्ने कानूनी व्यवस्था छ। 
    नागरिकले तिरेको करबाट राष्ट्रको समृद्धिमा टेवा पुग्ने हुँदा वस्तु वा सेवा खरिद गर्दा विल बीजक लिनु नागरिकको कर्तव्य हो। 

    करदाताले वस्तु वा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बीजक जारी गर्नुपर्ने व्यवस्था भएकोले अनिवार्य रूपमा बीजक जारी गरी कारोबार गर्नुहुन सूचित गरिन्छ।

    अन्यथा कर अधिकृतहरुबाट नियमित रूपमा हुने बजार अनुगमनको क्रममा बिल बीजक जारी नगर्ने लगायतका कानून विपरितको कार्य भेटिएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।"

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend