नेपाल टेलिकमलद्धारा महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

नेपाल टेलिकमलद्धारा महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था

बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • images

    नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था गरेको छ ।

    कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०-८१ सम्मको बक्यौता रकम २०८३ पौष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिएको बताएको छ ।

    कम्पनीले नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको सदुपयोग गर्न सम्बन्धित सबै ग्राहकहरुलाई अनुरोध समेत गरेको छ ।

    यसका साथै कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरुको नाम नामेसी सहितको विवरण कम्पनीको वेबसाइट तथा पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी असुली प्रक्रिया अगाडि बढाइने समेत कम्पनीले जानकारी दिएको छ ।

    नेपाल टेलिकमका विभिन्न प्रकारका सेवा उपयोग गरे वापत तिर्नुपर्ने महशुल नतिर्ने ग्राहकहरुलाई लक्षित गरी यस्तो छुट उपलब्ध गराइएको हो । यसबाट ग्राहकवर्ग समेत लाभान्वित हुने र कम्पनीको बक्यौता रकम समेत असुल उपर हुने विश्वास गरिएको छ ।

    नेपाल टेलिकमले महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था गरेकोले यसको वारेमा समाचार प्रकाशित गरिदिनु हुन अनुरोध छ ।

    NTC-.png
    गोरखापत्रमा प्रकाशित सूचना

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend