नाइमा एक्सपो २०२६- मुक्तिनाथ विकास बैंकद्धारा ५.५७ प्रतिशत ब्याजदरमै अटो लोन

नाइमा एक्सपो २०२६- मुक्तिनाथ विकास बैंकद्धारा ५.५७ प्रतिशत ब्याजदरमै अटो लोन

बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • images

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा एक्सपो २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले यस योजनाअन्तर्गत आधार दर प्लस ० प्रतिशतको विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो ।

    यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । नइमा एक्सपो२०२६ को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।

    ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

    बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ । नइमा एक्सपो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन् ।

    मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुरूप सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । यस विशेष अटो लोन योजनाले नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई थप सुविधा र अवसर प्रदान गर्ने बैंकको अपेक्षा रहेको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend