नेपाल एसबीआई बैंकको नाफा २ अर्ब ४ करोड, सरकारलाई ६२ करोड ६५ लाख आयकर

नेपाल एसबीआई बैंकको नाफा २ अर्ब ४ करोड, सरकारलाई ६२ करोड ६५ लाख आयकर

बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • images

    काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-८३ मा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

    बैंकको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा १२.८९ प्रतिशतले बढेको हो।

    अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको नाफासँगै सरकारलाई बुझाउने आयकरमा पनि उल्लेख्य योगदान देखिएको छ। बैंकको आधिकारिक तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चैत मसान्तसम्म बैंकले ६२ करोड ६४ लाख ७९ हजार ५९७ रुपैयाँ चालु आयकर खर्च देखाएको छ।

    यस आधारमा आर्थिक वर्षको नौ महिनामै बैंकको चालु आयकर दायित्व करिब ६२ करोड ६५ लाख रुपैयाँ पुगेको देखिन्छ। 

    चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब १९ करोड ७१ लाख रुपैयाँ थियो।

    बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब २६ करोड ६४ लाख रुपैयाँ थियो।

    त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ८७ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

    असार मसान्तसम्म बैंकको ग्राहक निक्षेप २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप १ खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ थियो।

    यसैगरी ग्राहकतर्फको कर्जा तथा सापटी १ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब ३४ अर्ब ९६ करोड रुपैयाँ थियो।

    कर्जा विस्तार भए पनि बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने ३.३५ प्रतिशतबाट घटेर २.९२ प्रतिशत मा झरेको छ। यसले बैंकको कर्जा गुणस्तरमा सुधार आएको संकेत गर्छ।

    बैंकले खराब कर्जाको जोखिम व्यवस्थापनका लागि कुल कर्जाको तुलनामा १४५।७४ प्रतिशत बराबरको कर्जा नोक्सानी व्यवस्था कायम गरेको छ।

    बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। आर्थिक वर्ष २०८२-८३ मा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १५ रुपैयाँ ९८ पैसा थियो।

    बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा, इक्विटीमा प्रतिफल ९.५९ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.८५ प्रतिशत रहेको छ।

    बैंकको कुल सम्पत्ति २ खर्ब ४८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend