हिमालयन डिस्टिलरीको १ अर्ब २० करोड नाफा, ४ अर्बभन्दा बढी राजश्व !

हिमालयन डिस्टिलरीको १ अर्ब २० करोड नाफा, ४ अर्बभन्दा बढी राजश्व !

शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • images

    काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्म १ अर्ब २० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१४ प्रतिशतले बढेको हो।

    अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको खुद नाफा ९४ करोड १४ लाख रुपैयाँ रहेको थियो। बिक्री आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो।

    समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १२.६७ प्रतिशतले बढेर ८ अर्ब ११ करोड ३७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बिक्री आम्दानी १७.८८ प्रतिशतले बढेको छ। बिक्री बढेसँगै कम्पनीको कुल नाफा ४३।२५ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन मुनाफा ३१.९५ प्रतिशतले बढेको छ।

    नाफामा सुधार भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ८ पैसा बढेर समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७१ पैसा पुगेको छ।

    असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.८५ गुणा रहेको छ।

    हिमालयन डिस्टिलरीको चुक्ता पुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको छ। कम्पनीको अन्य इक्विटी १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

    कम्पनीको अघिल्लो वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०-८१ को विस्तृत विवरणअनुसार अन्तःशुल्क ३ अर्ब ५२ करोड ४० लाख रुपैयाँ, भ्याट ७८ करोड ३० लाख, भन्सार ६ करोड ४० लाख, टीडिएस ८ करोड ९० लाख र आयकर ३७ करोड ८० लाख रुपैयाँ थियो।

    गत आर्थिक वर्षको राजश्व ४ अर्बभन्दा बढी हुने अपेक्षा गरिएको छ । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend