काठमाडौं । पहिलोपटक नेपालमै बनेको विद्युतीय स्कुटर पी टू डिजाइन, इन्जिनियरिङ, ब्याट्री, मोटर र सफ्टवेयरलगायत सबैमा नेपाली सोच र श्रम मिसिएको यो स्कुटर सिप्रदी यात्रीले बनाएको हो।
सिप्रदी र यात्री मोटरसाइकलको संयुक्त उपक्रममा बनेको सिप्रदी यात्री प्रालिले नेपालमै डिजाइन तथा उत्पादन गरेको विद्युतीय स्कुटर सार्वजनिक गरेको छ। बुढानीलकण्ठस्थित एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ुपी टूु सार्वजनिक गरेका हुन्। मंगलबारदेखि काठमाडौं भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा समेत आम उपभोक्ताका लागि पी टू सार्वजनिक हुने छ।
पी टू सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले अब भविष्य ईभी नै भएको बताए। पी टू ले आफ्नै स्तरीयता देखाउँदै अरुको कपी नगरी प्रोडक्ट तयार पारेको समेत उनले बताए। विश्वस्तरीय सवारीसाधन नेपालीले बनाउन सक्छन् भन्ने प्रमाणित भएको उनको भनाइ छ।
यात्री मोटरसाइकलको बुढानीलकण्ठमा रहेको डिजाइन स्टुडियोमा डिजाइन तथा प्रोटोटाइप तयार भएर मास प्रोडक्सनका लागि भने सिप्रदी यात्रीले धादिङको गजुरीमा उत्पादन प्लान्ट बनाइरहेको छ।
सिप्रदीले यात्री मोटरसाइकलसँगको सहकार्यमा नेपालमै विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने गरी लामो छलफलपछि २०८१ असारमा दुई कम्पनीबीच औपचारिकरूपमा रणनीतिक सम्झौता भएको थियो। त्यसअनुसार विद्युतीय स्कुटर तयार भएको हो।
अर्थमन्त्री डा. वाग्लेले नेपालीहरूले विश्वस्तरीय सवारीसाधन बनाउन सक्छन् भन्ने प्रमाणित भएको बताएका छन्।
सिप्रदी र यात्री मोटरसाइकलको संयुक्त उपक्रममा बनेको सिप्रदी यात्री प्रालिले नेपालमै डिजाइन तथा उत्पादन गरेको विद्युतीय स्कुटर सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले पी टूले आफ्नै स्तरीयता देखाउँदै अरुको कपी नगरी प्रोडक्ट तयार पारेको बताए। विश्वस्तरीय सवारीसाधन नेपालीले बनाउन सक्छन् भन्ने प्रमाणित भएको उनको भनाइ छ।


