काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपलाई लक्षित गर्दै ‘एसएमई प्रो म्याक्स’ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार प्याकेजअन्तर्गत स्टार्टअपले १ जीबीपीएस इन्टरनेट स्पिड, १ टीबी डाटा र पब्लिक आईपी सेवामा ४० प्रतिशतसम्म विशेष छुट पाउनेछन्।
प्याकेजमा वाईफाई–६ राउटर निःशुल्क उपलब्ध गराउनुका साथै सर्वे, इन्स्टलेसन र सेटअप सेवा पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ।
नयाँ तथा विस्तारको चरणमा रहेका साना तथा मझौला व्यवसायलाई उच्च गतिको, भरपर्दो र किफायती नेटवर्क सेवा उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको क्लासिक टेकको भनाइ छ।


