काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैँको अवसरमा ग्राहकलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार अफरअन्तर्गत ग्राहकले २०० एमबीपीएस इन्टरनेटको ३ महिनाको शुल्क ५ हजार ७ सय रुपैयाँ तिरेर कुल ७ महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्।
अफरमा ग्राहकले नियमित प्याकेज अवधिभन्दा थप ४ महिनाको इन्टरनेट बोनस पाउनेछन्। यससँगै कम्पनीले वाइफाइ ६ राउटर र निःशुल्क इन्टरनेट जडान सुविधा पनि उपलब्ध गराउने जनाएको छ।
क्लासिक टेकले दशैँको अवसरमा ग्राहकलाई इन्टरनेट सेवामा थप बचत उपलब्ध गराउनुका साथै उच्च गतिको सेवा प्रदान गर्ने उद्देश्यले अफर ल्याएको जनाएको छ।
कम्पनीका अनुसार अफरमा २०० एमबीपीएसको उच्च गतिको इन्टरनेटसहित वाइफाइ ६ राउटरसमेत उपलब्ध हुने भएकाले ग्राहकले घरमै उच्च गतिको वायरलेस इन्टरनेट प्रयोग गर्न सक्नेछन्।
क्लासिक टेकले दशैँको समयमा इन्टरनेटको माग बढ्ने भएकाले ग्राहकलाई लक्षित गरी यो योजना ल्याएको जनाएको छ। अफरमार्फत ग्राहकले कम अवधिको शुल्कमा लामो समयसम्म सेवा प्रयोग गर्ने सुविधा पाउने कम्पनीको भनाइ छ।


