प्रधानमन्त्री बालेनले प्रचार गरेको टेलिकमको दसैँ अफर : ४ हजार ९९९ रुपैयाँमा वर्षभरि इन्टरनेटदेखि मोबाइल प्याकेजसम्म

प्रधानमन्त्री बालेनले प्रचार गरेको टेलिकमको दसैँ अफर : ४ हजार ९९९ रुपैयाँमा वर्षभरि इन्टरनेटदेखि मोबाइल प्याकेजसम्म

शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • images

    काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल टेलिकमले चाडपर्वका अवसरमा ल्याएको इन्टरनेट अफरको प्रचार गरेका छन्। उनले शुक्रबार बिहान फेसबुकमार्फत वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस गतिको इन्टरनेट चलाउन सकिने अफर सार्वजनिक गरेका हुन्।

    नेपाल टेलिकमले दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै फेस्टिभ अफरअन्तर्गत फाइबर इन्टरनेट, मोबाइल डेटा, भ्वाइस र एसएमएसका विभिन्न प्याकेज उपलब्ध गराएको छ।

    प्रधानमन्त्री शाहले फेसबुकमा सेयर गरेको प्रचार सामग्रीमा ‘बजेटमै फिट, स्पिडमा हिट१ मात्र रु ४,९९९ मा वर्षभरि इन्टरनेट१’ उल्लेख छ। सेवा जडान गर्न १९८ मा फोन गर्न सकिने पनि पोस्टरमा जनाइएको छ।

    टेलिकमले फाइबर इन्टरनेटअन्तर्गत ३० एमबीपीएस गतिको सेवा १२ महिनाका लागि ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको छ।

    त्यस्तै, १०० एमबीपीएस गतिको इन्टरनेट वार्षिक ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएस १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएस १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुने प्याकेज ल्याइएको छ।

    टेलिकमले नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ शुल्क मिनाहा गर्ने व्यवस्था पनि गरेको छ। असोज २५ देखि कात्तिक ३० सम्म लागू हुने यो सुविधा नयाँ जडान गर्ने ग्राहकका लागि हो।

    १००, १५० र २०० एमबीपीएसका वार्षिक प्याकेज खरिद गर्ने नयाँ ग्राहकले १२ महिनाको शुल्कमा १३ महिना सेवा पाउने व्यवस्था पनि गरिएको छ। वार्षिक प्याकेजसँगै मोबाइल डेटा बोनस उपलब्ध हुने व्यवस्था रहेको कम्पनीको विवरणमा उल्लेख छ।

    ४९९ रुपैयाँमा दैनिक ५ जीबी डेटा

    मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै टेलिकमले ३० दिन अवधिका डेटा प्याकेज पनि ल्याएको छ।

    ४९९ रुपैयाँको फेस्टिभल अनलिमिटेड प्याकेजमा दैनिक ५ जीबी उच्च गतिको डेटा उपलब्ध हुन्छ। उक्त डेटा सकिएपछि सोही दिन बाँकी समय २ एमबीपीएस गतिमा असीमित डेटा प्रयोग गर्न सकिने व्यवस्था छ।

    त्यस्तै, ६९९ रुपैयाँको फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेजमा दैनिक १० जीबी उच्च गतिको डेटा उपलब्ध हुन्छ। उक्त सीमा सकिएपछि बाँकी दिन ३ एमबीपीएस गतिमा असीमित डेटा चलाउन सकिने कम्पनीको विवरणमा उल्लेख छ।

    यी प्याकेजले नियमित रूपमा मोबाइल इन्टरनेट प्रयोग गर्ने ग्राहकलाई निश्चित अवधिका लागि डेटा खर्चको योजना बनाउन सहज हुने अपेक्षा गरिएको छ।

    २५० रुपैयाँमा एक हजार मिनेट कुराकानी

    टेलिकमले भ्वाइस र एसएमएस प्रयोगकर्ताका लागि पनि छुट्टाछुट्टै प्याकेज उपलब्ध गराएको छ।

    २५० रुपैयाँमा ३० दिन अवधिको ‘जोयफुल मिनेट्स’ प्याकेज खरिद गर्दा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट कुराकानी सुविधा पाइन्छ।

    त्यस्तै, ९९ रुपैयाँमा ३० दिन अवधिको ‘फेस्टिभ म्यासेज’ प्याकेज उपलब्ध छ। यसबाट नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने व्यवस्था छ।

    कसरी लिने अफर?

    टेलिकमका मोबाइल डेटा, भ्वाइस तथा एसएमएस प्याकेज कम्पनीको एप वा मोबाइलबाट ८ज्ञद्धज्ञछ३ डायल गरेर खरिद गर्न सकिन्छ। फाइबर इन्टरनेट जडान तथा प्याकेजसम्बन्धी जानकारीका लागि १९८ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

    मोबाइल प्याकेजका अफर असोज ३० देखि कात्तिक ३० सम्म लागू हुने विवरण सार्वजनिक भएको छ। फाइबर इन्टरनेटको नयाँ जडानमा शुल्क छुट भने कात्तिक ३० सम्म उपलब्ध हुने व्यवस्था छ।

    चाडपर्वको समयमा इन्टरनेट तथा मोबाइल सेवाको प्रयोग बढ्ने भएकाले टेलिकमले विभिन्न मूल्य र अवधिका प्याकेज सार्वजनिक गरेको हो। ग्राहकले आफ्नो आवश्यकता, डेटा खपत र बजेटअनुसार प्याकेज छनोट गर्न सक्नेछन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend