तीन दिनको गिरावटपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

तीन दिनको गिरावटपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • images

    काठमाडौं । सोमबार नेप्से परिसूचक बढेको छ।
    लगातार तीन दिनको गिरवटपछि नेप्सेमा सुधार आएको हो। नेप्से ८.६२ अंकले बढेर २८६७.५२ विन्दुमा बन्द भएको छ।
    यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
    आइतबार १३ अर्ब ०७ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको छ। 
    अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब २५ करोड रूपैयाँ कमी आएको हो। आज ३२५ वटा धितोपत्रको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर किनबेच भएको हो।
    सोमबार १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ वटाको घटेको छ। यसदिन सगरमाथा जलविद्युतको मूल्य सर्वाधिक ४.३८ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६३४ रूपैयाँ ७० पैसा पुगेको छ।
    यस्तै, मोलुङ हाइड्रोपावरको मूल्य ३.८८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४७५ रूपैयाँ ३० पैसा कायम भएको छ।
    सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक हजार ४५ रूपैयाँमा ५५ करोड ९६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६३९ रूपैयाँ ९० पैसामा ४३ करोड ६४ लाख बराबरको सेयर कारोबार भएको छ।
    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने ६ समूहको परिसूचक घटेको छ। यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक २.९० प्रतिशतले घटेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend