स्याङ्जा । आर्थिक वर्ष २०८१/०८२ मा डिभिजन वन कार्यालय स्याङ्जाले एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
निजी र सरकारी वनको काष्ठजन्य पैदावारको बिक्री वितरणबाट एक करोड १४ लाख ९० हजार ७०४ रुपैयाँ राजस्व संकलन गरेको वन कार्यालयले स्याङ्जाले जनाएको छ ।
कार्यालयका अनुसार निजी तथा आवादी वनको १ लाख २५ हजार ३९०.४४ क्यूफिट काठ र ९८ चट्टा दाउरा बिक्री गरेर १ करोड १३ लाख ८५ हजार ३०४ रुपैयाँ र सामुदायिक वन तर्फको ५८६.८४ क्यूफिट खयरको काठ बिक्री गरेर १ लाख ५ हजार ४ सय गरी कुल १ करोड १४ लाख ९० हजार ७०४ रुपैयाँ राजस्व संकलन गरेको हो ।


