मधेसको राजस्व संकलन सात वर्षयताकै उच्च

मधेसको राजस्व संकलन सात वर्षयताकै उच्च

सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • images

    महोत्तरी। मधेसमा राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को राजस्व संकलन ५ अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ। यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो।

    सात वर्ष पहिले आव २०७५÷७६ मा २ अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व संकलन भएको थियो। सात वर्षअघिको यो रकमभन्दा गत आव २०८१/८२ को संकलन दोब्बर बढी भएको हो।

    मधेसको अर्थ मन्त्रालयले यसलाई उल्लेख्य प्रगति भनेको छ। कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नुले यो उल्लेख्य उपलब्धि हासिल भएको प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतो बताउँछन्।

    ‘राजस्व संकलनमा यो उल्लेख्य प्रगति हो’, सचिव महतोले भने, ‘यसले अब राम्रो लिक समातेको छ।’ यसअघि आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा तीन अर्ब पाँच करोड ९२ लाख ३१ हजार राजस्व संकलन भएको थियो। चालू आर्थिक वर्ष आगामी वर्षमा राजस्व संकलनमा अझ सुधार हुँदै जाने मन्त्रालयले जनाएको छ।

    संकलन प्रक्रियालाई वैज्ञानिक रुपमा व्यवस्थित गरिएको हुँदा थप उपलब्धि हासिल हुने सचिव महतोको भनाइ छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend