काठमाडौैँ। वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवालीको सरुवा भएको छ । उद्योग मन्त्रालयमा कार्यरत सहसचिव ज्ञवाली सोमबार विभागमा हाजिर भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रस्तावमा ज्ञवालीलाई उपभोक्ता संरक्षण विभागमा खटाइएको हो ।
उनी सहसचिव बढुवामा खुला प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट अधिकृत हुन् । सरकारले यसअघि महानिर्देशक कुमार दहाललाई राष्ट्रिय समावेशी आयोगमा सरुवा गरेको थियो। दहालको सरुवापछि ज्ञवालीलाई महानिर्देशकको जिम्मेवारी प्रदान गरिएको हो ।


